दफा २०७
कसूरसँग सम्बन्धित मालसामान जफत हुने

यस परिच्छेद अन्तर्गत सजाय हुने कसूर गर्दा सम्बन्धित धनीले जानीजानी प्रयोग गर्न दिएको वा धनीको सहमतिले प्रयोगगरिएका घर जग्गा, सवारी साधन, हातहतियार तथा अन्य सबै मालसामान जफत हुनेछन् ।

तर सरकारी भवन, साधन, हातहतियार तथा मालसामान जफत हुने छैन ।